धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ४० जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ४० जनामा कोरोना पुष्टि

धनगढी : धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ४० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा ४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ५८५ नमुनाहरुमध्ये ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १४ महिला र २६ २६ पुरुषमा संक्रमण देखिएको हो ।

उनले अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, रामारोशन गाउँपालिकाका ६ जना, कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ जना र बेदकोट नगरपालिकाका दुई जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुईजना र कैलारी गाउँपालिकाका एक जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले बताए ।