कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज २४ जना नेपालीको उद्धार

कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज २४ जना नेपालीको उद्धार

कञ्चनपुर : कञ्चनपुरको गड्डाचौकी नाकाबाट आज आइतवार २४ जना नेपालीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका २४ जनाको  पश्चिमी सीमानाकाबाट उद्दार गरिएको जनाएको छ।जसमा महिला ५ पुरुष १९  गरि जम्मा २४ जना नेपालीको उद्धार गरिएको छ।

यस्तै नेपालबाट भारततर्फ गएका भारतीय महिला ७ पुरुष २४ बालबालिका ९ गरि जम्मा  ४० जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।