धनगढी : बैतडीका एक ३० बर्षिय युवालाई अपहरण गरेको आरोपमा प्रहरीले शुक्रवार धनगढीबाट एक जनालाई पक्राउ गरेको छ ।
धनगढीबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले प्रकाश भाट नामका एक जनालाई अपहरण गरेको अभियोगमा पक्राउ गरेको हो । अपहरण किन भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मान्छे अपहरण गरेको बिषेश सूचनाका आधारमा भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो । उहाँले घटनाको बिस्तृत बिबरण अनुसन्धान पछि मात्रै भन्न सकिने बताउनुभयो ।