लम्कीमा छोराले गरे बुबा र ठुला बुबाको हत्या, आमा घाईते

लम्कीमा छोराले  गरे बुबा र ठुला बुबाको हत्या, आमा घाईते

धनगढी : कैलालीको लम्कीमा छोराले दुई बुबाको हत्या गरेका छन । 

लम्कीचुहा नगरपालिका, ४ बलियाका जहरीलाल चौधरीले शुक्रवार विहान घरमै बुवा चक्रा थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेका प्रहरीले जानकारी दिएको छ । 

जहरीलालको कुटाईबाट टाउको र बाँया कानमा चोट लागेकी आमा द्धीलबहादी देवी चौधरीको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको छ ।

जहरीलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि वलीले बताए । 

घटनाको भएको कोठामा मदिरा पनि भेटिएको छ । मानसिक अवस्था ठिक नभएको जहरीलालले रक्सी सेवन गरेर बुबाको हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको वलीले जानकारी दिए ।