सामाजिक सञ्जालबाट लुटिए बझाङका एक युवा

सामाजिक सञ्जालबाट लुटिए बझाङका एक युवा

धनगढी : सामाजिक सञ्जाल टाढा रहेका आफन्तहरुलाई नजिक बनाउने, खबरहरु आदान प्रदान गर्न सजिलो बनाउने माध्यम हो । 

तर, हिजोआज गलत रुपमा प्रयोग गरी ठगी धन्दा चलाउने माध्यम पनि बनेका सामाजिक सञ्जाल ।
सामाजिक सञ्जाल इमो चलाइरहेका बझाङका एक युवा यसरी नै ठगिएका छन । 

बझाङ सुर्मा गाउँपालिकाका लक्ष्मण बोहराको सामाजिक सञ्जाल ‘इमो’ मा अन्जान नम्बरबाट फोन गर्दै एक जनाले तपाईलाई ४० लाखको चिठ्ठा परेको छ भन्यो । 

आफुलाई रबि बर्मा बताउने ती ब्यक्तिले ‘००९२३०७५९१४०११ नम्बरबाट लक्ष्मणलाई फोन गरेका थिए ।
पहिलो कलमा यति मात्रै जानकारी दिएपछि तुरन्तै अर्को कल गर्दै तिनै ब्यक्तिले उनलाई चिठ्ठा परेको रकम लिन ३० हजार रुपैया पठाउन आग्रह गरे । यतिखेर कल गर्ने मान्छे उही भएपनि नम्बर भने फरक थियो । दोस्रो पटक बोहरालाई ००९२३४८३८८१३७९ बाट फोन आयो । 

बोहराले त्यो सुनेपछि घरमा आमालाइ जानकारी गराए ।  ‘पैसा आउने भएपछि आमाले नै भनेपछि आमासंगै मागेर नेपालको सिराहा जिल्लामा बस्ने प्रविणराज पाण्डेयको नाममा मंसिर १६ गते आइएमइ गरेको उनले बताए । 

३० हजार पठाएका बोहराले ४० लाख पाउने आशा गरिरहेका थिए । पुनः सोही नम्बरबाट आएको फोन हतार–हतार हतार उठाए तर, फोनबाट थप रकम माग भयो । 

‘मलाइ ५० हजार तीन सय रकम पठाउन भन्यो’ उनले भने ‘एकछिन त झुटो होकी सोचे तर, यसअघि पनि अरुले रकम पाएको भनेर चेक र ती व्यक्तिको विवरण पठायो ।’ 

उनले विश्वास गरेर सिराहामा घर भएका विष्णु महराका नाममा १७ गते ५० हजार तीन सय रकम पठाए । इमोबाटै आइएमइ नम्बर पनि टिपाइदिए । 

८० हजार तीन सय रकम पठाएका बोहराले ४० लाख रकम पाउने आशा गरेपनि मंगलबार थप रकम माग भयो । उनले ४० हजार रकम पठाउन भनिएको थियो । 
बोहराले आफना साथीहरुलाइ जानकारी दिएपछि ‘साथीहरुबाट यी ठगिरहेका छन भन्ने प्रतिक्रिया पाए ।

तर, उनलाई पठाइएका फोटो, अडियो र चेक हेर्दा विश्वास लागेकाले उनले बुधबार मात्र ४० हजार रकम राजेन्द्रप्रसाद सिंहको नाममा पठाईदिए । 

४० लाख रकम पाउने आशामा उनले एक लाख २० हजार रकम गुमाएको गुनासो गरे । धनगढीको एक होटलमा भेटिएका बोहराले भने ‘अझ ३० हजार मागिरहेको छ ।’ 

बोहराले आफुले पठाएको रकम अब फिर्ता हुन नसक्ने भन्दै प्रहरीमा उजुरी दिएर केही हुन सक्नेमा विश्वास नभएकोले उजुरी नदिएको बताए । 

यता, यस अघि पनि यस्तै घटनामा नवलपरासीबाट रकम फिर्ता गराइएको कैलाली प्रहरीले जनाएको छ । 
सामाजिक सञ्जालमार्फ ठगी भइरहेको उजुरीहरु फाट्टफुट्ट रुपमा आइरहेको कैलाली प्रहरीका प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले बताए ।  तर, अधिकाशले उजुरी नै नदिने गरेको उनले बताए । 

सामाजिक सञ्जालमा आएका यस्ता कलहरु बारे सचेत हुनुपर्ने र हतारमा पैंसा पठाइहाल्नुभन्दा प्रहरीलाई जानकारी गराउन डिएसपी वलीले आग्रह गरे ।

तपाई पनि ठगिनुहोला सावधान रहनुहोला है !