क्याम्पसको तेस्रो तलाबाट हाम फाल्दा एक छात्रा घाइते

क्याम्पसको तेस्रो तलाबाट हाम फाल्दा एक छात्रा घाइते

धनगढी : धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीको छतबाट हाम फाल्दा एक छात्रा घाइते भएकी छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर, २ सन्तोशी टोलमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीको तेस्रो तलाबाट हाम फाल्दा सोही विद्यालयमा ११ कक्षामा अध्ययनरत पुजा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

क्याम्पस चलिरहेका बेला विहिवार दिउँसो चौधरीले छतबाट हाम फालेको कैलालीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता हरी बहादुर ओलीले जानकारी दिनुभयो । 

पुजाको सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ । उनको दुवै खुट्टामा चोट लागेको छ । पुजाले छतबाट हाम फाल्नुको कारण खुल्न सकेको छैन् ।