डोटी दुर्घटना अपडेट : मृतक तिन जनाको सनाखत

डोटी दुर्घटना अपडेट : मृतक तिन जनाको सनाखत

धनगढी : डोटीको बोगटान गाउँपालिकामा जिप दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

१३ जना घाईतको भने उद्धार जारी छ । जिल्लाको बोगटान गाउँपालिका वडा नम्वर ६ पलाडी भन्ने स्थानमा से १ ज ८७७ नम्वरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जीप साहु भक्त द्वारिया, चालक रामबहादुर बिक र यात्रु ईन्द्रा देवी रावतको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । यस्तै घाईते १३ जनाको स्थानीयले उद्धार गरि उपचारका लागि सडक सम्म पुगाएका छन् ।

३ जनाको अवस्था गम्भरी भएकाले उपचारका लागि दिपायल पठाईएको वडा नम्वर ६ का वडा अध्यक्ष विरेन्द्र वहादुर चन्दले जानकारी दिनुभयो । डोटीको बोगटान गाउँपालिका–६ गगुडा तलाडीमा जीप दुर्घटना भएको थियो ।

दिपायलबाट गगुडा जाँदै गरेको से १ ज ८७७ नं. को जीप आज बेलुका साढे ४ करिव ५ बजेतिर दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय डोटीलाई उदृत गर्दै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले दिएको जानकारी अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको र पाच जना गम्भीर घाईते भएका छन ।  

चार जनाको मृत्यु र पाच जना घाईते भएको भन्ने जानकारी आएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पालले बताउनुभयो ।

उहाका अनुसार प्रहरी घटनास्थल पुगेको छैन । उहाले घटनास्थल प्रहरी चौकी चमरा चौताराबाट चार घण्टा टाढा रहेको र प्रहरी टोली घटनास्थल नपुगेको जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै घटनाको सम्पूर्ण विवरण आउने उहानँले बताउनुभयो ।

यस्तै, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जिप दुर्घटनाका घाइतेहरुको यथाशीघ्र उद्दारमा जुट्न डोटीका प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत निर्देशन दिनुभएको छ ।

साथै उहाँले आवश्यक उपचार र उद्दारमा कठिनाई परे प्रदेश सरकारलाई सहयोग माग्न समेत आग्रह गर्नुभएको छ ।