विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

रासस    

नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

डोटी : नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताए । 

श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो ।

सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताए । उनले भने, ‘कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।’ 

शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताए । उनले भने, ‘निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।’ उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 



बिहिबार २०, मङि्सर २०७५ ०३:३४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस