विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

एक सय ७२ परिवारलाई राहत वितरण

रासस    

एक सय ७२ परिवारलाई राहत वितरण

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–४ रिलामा बुधबार १७२ पीडित घरपरिवारलाई राहात प्रदान गरिएको छ ।

गत भदौ महीना आएको बाढीपहिरोबाट प्रभावित ती परिवारलाई सहयोगी हात समूहअन्तर्गत सहास नेपालको सहयोगमा राहत वितरण गरिएको बडीमालिका नगरपालिका–४ का वडाध्यक्ष सुरेन्द्र नाथले जानकारी दिनुभयो ।

ती पीडितका साथै उक्त वडामा रहेको पाथरको आधारभूत विद्यालयका ११० विपन्न तथा असहाय र अन्य बाढीपीडितका बालबालिकालाई पनि न्यानो कपडा वितरण गरिएको उक्त संस्थाका जिल्लास्तरीय कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताउनुभयो ।

बुधबार आयोजित कार्यक्रममा बाढीपहिरोपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, मानव संशासन केन्द्र र बडीमालिका नगरपालिकाबाट ११५ थान त्रिपाल उपलब्ध गराउनुका साथै खानेपानीका नौ वटा मुहानका लागि पाइप वितरण गरिएको नगरउपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।
 



बिहिबार २०, मङि्सर २०७५ ११:५२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस