अध्यक्षका उम्मेद्वार भन्छन : ‘सर्वसम्मतका लागि बाधक बन्दैनौ’

अध्यक्षका उम्मेद्वार भन्छन : ‘सर्वसम्मतका लागि बाधक बन्दैनौ’

धनगढी : कैलाली उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनका लागि तेस्रो समुहले चलाएको छलफलमा बाधक नबन्ने दुवै प्यानलका अध्यक्षले प्रतिक्रिया दिएका छन । 

सहमतिको प्रयास गर्नुेपर्ने समय केही ढिलो भएपनि सस्थाको हक हितका लागि उक्त प्रयासमा आफुहरु बाधक नबन्ने बताएका दुवै समुहले सर्वसम्मतिको खाकाबारे स्पष्ट पार्नुपर्ने माग अघि सारेका छन । 

कोषाध्यक्ष पुष्पराज कुँवर र महासचिव रुपेश स्वार प्यानल सहित उम्मेद्वारी घोषणा गरि चुनावमा होमिएका बेला गत बैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनाव सदस्यता विवादको विषयमा मुद्धा परेपछि २० गते अदालतको आदेशपछि स्थगित भएको थियो । 

अदालतको आदेशपछि सदस्यता सकलनको कार्य सुरु गरेको छानविन समितिले आईतवारदेखि सदस्यता छानविनको कार्य सुरु गरेको छ भने बढीमा ५ दिनसम्म  छनविनको कार्य सम्पन्न गरि सक्ने गरि काम भईरहेको जनाएको छ । 

सदस्यता छानविनको कार्य अन्तिम चरणमा रहेका बेला व्यवसायी गजेन्द्र विर चन्दको नेतृत्वमा तेस्रो समुहले सर्वसम्मतिका लागि छलफल चलाएका बेला यसअघि चुनावी मैदानमा उत्रिएका पुष्पराज कुँवर र महासचिव रुपेश स्वार समुह भने सदस्यता छानविनमा व्यस्त छ । 

तर, सर्वसम्मतिका लागि  चलाएको छलफलमा आफुहरु बाधक नबन्ने दुवै समुहले बताएका छन ।  सर्वसम्मतिका लागि गरिएको छलफल स्वागत योग्य रहेको बताउदै यसअघि प्यानल सहित मैदानमा उत्रेको एक प्यानलका अध्यक्ष पदका उम्मेद्वार रुपेश स्वार सस्था र व्यवसायीको हक हितका लागि सर्वसम्मतिको प्रयास गरिए त्यसमा बाधक नबन्ने बताउछन । 

तर,पद र लाभका लागि सर्वसम्मतिको प्रयास गरिए आफुहरुलाई मान्य नहुने उनको भनाई छ । 

यसअघि सघको चुनावका लागि करिव दुई महिनासम्म दुई प्यानलले प्रचारप्रसार गरेका थिए भने त्समा लाखौ रुपैया समेच खर्च भईसकेको छ । त्यसपछि सहमतिको प्रयास गरिएपनि असफल भएको थियो । त्यसैले पनि सवै उम्मेद्वारलाई मनाउन कठिन हुने बताईएको छ । 

तरपनि कस्तो र कसको नेतृवमा सर्वसम्मतिको प्रयास गरिएको हो त्यसलाई पहिला नै स्पष्ट पार्नुपर्ने माग छ यसअघि प्यानल सहित मैदानमा उत्रेको अर्का प्यानलका अध्यक्षका उम्मेद्वार पुष्प कुवरको । 

सर्वसम्मतिका लागि छलफल चलाएको तेस्रो समुहले हालसम्म संघका पूर्व अध्यक्षसगै वर्तमान कार्यसमितिसग पनि छलफल गरिसकेको छ । 

उक्त कुरा सकरात्मक भएको र वर्तमान कार्य समितिले त्यसका लागि केही दिनमै संघका पूर्व अध्यक्षसगै चुनावी मैदानमा उत्रिएका दुई प्यानल सहित सरोकारवालासग छलफल गर्ने तयारी गरेको छ । 

संघका पूर्व अध्यक्षहरुले पनि उक्त कदमलाई सकारात्मक तर, निकै कठिन रहेको प्रतिक्रिया दिएका छन ।