सिम स्विच प्रविधिको धनगढीमा प्रदर्शनी

सिम स्विच प्रविधिको धनगढीमा प्रदर्शनी

धनगढी : विद्युतीय सामाग्री मोवाईलबाट खुल्ला र बन्द गर्न सक्ने सिम स्विच प्रविधिको धनगढीमा प्रदर्शनी गरिएको छ ।

सल्यानको त्रिवेणी गाउपालिकाका पुरन बहादुर भण्डारीले निर्माण गरेको सिम स्विच प्रविधिको दार्चुलाको विवेकशिल व्यक्तित्व विकाश समुहले धनगढीको वोराडाडीमा रहेको त्रिभुवन उच्च माद्यमिक विद्यालयमा प्रदर्शन गरिएको हो ।

सिम स्विच प्रविधिका माध्यमबाट घर तथा कार्यालयमा रहेका विजुलीका बत्ती, पङखा, मोटर, फ्रिज, लगायतका विद्युतीय सामाग्री बन्द र खुल्ला गर्न सकिने छन । उक्त प्रयोग प्रदर्शनीमा गरिएको थियो भने नेपालका विभिन्न स्थानसगै बाह्य देशबाट पनि सम्भव भईसकेको सिम स्विच प्रविधि निर्माण गर्नुभएका भण्डारीले बताउनुभयो ।

दुई वर्षदेखि सम स्विच प्रविधिको निर्माण गर्दै आएको भएपनि गत भदौमा सफल परिक्षण गरिएको र पहिलो प्रदर्शनी धनगढीमा गरिएको हो। उक्त प्रविधि विश्वमै पहिला आफुले निर्माण गरेको भण्डारीले दावी गर्नुभयो ।

भर्खरै परिक्षण सफल पारिएको र अव सरकारसग समन्वय गरेर व्यवसायीक रुपमा सिम स्विच प्रविधिको विकाशका लाग्ने सोच भण्डारीले बनाउनुभएको छ । सिम स्विच प्रविधिको प्रदर्शनीपछि विद्यार्थी तथा अभिभावक उत्साहित भएका छन ।