ठाउँ–ठाउँमा रवि जिताऔं अभियान शुरु

ठाउँ–ठाउँमा  रवि जिताऔं अभियान शुरु

धनगढी : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल आइडल सिजन २ का दाबेदार रवि ओडलाई जिताउन ठाउँ–ठाउँमा अभियान चलाइएका छन् ।

अधिकांश समर्थकले सामाजिक सञ्जाल र होर्डिङ बोर्डको प्रयोग गर्दै रविलाई जिताउन अभियान चलाएका हुन् । नेपाल आइडलका उत्कृष्ट प्रस्तुति दिदैं ‘टप फाइभ’ मा पुग्न सफल रविलाई जिताउन विदेशमा बसेका नेपालीले पनि विभिन्न अभियान चलाउदै आएका छन ।

उहाँले  नेपाल आइडलको यात्राले सुदुरपश्चिमलाइ समेत चिनाउन सफल भएका छन ।  । यतिबेला ठाउँ–ठाउँमा उहाँको नाममा होर्डिङ बोर्ड टाँसिएका छन् । ‘नेपाल आइडल सिजन–२ का शान, रवि ओडलाई मतदान’ नाराका साथ उहाँको व्यापक प्रचार भइरहेको छ । 

धनगढीका ठाउँ–ठाउँमा रविको नाममा होर्डिङ बार्ड टाँसिएका छन भने अधिकांश समर्थकले रविलाई भोट कसरी गर्ने, धेरै भोट कसरी  दिन सकिन्छ लगायत विषयमा जानकारी गराइरहेका छन् । आइडलको प्रतिस्पर्धा झन्झन् रोमाञ्चक बनिरेका छन ।

रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उहाँको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।