निर्मलाका लागि न्याय माग्दै रौतहटमा प्रर्दशन

निर्मलाका लागि न्याय माग्दै रौतहटमा प्रर्दशन

बलात्कापछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै मंगलबार रौतहटमा प्रदर्शन गरिएको छ ।

घटनाको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै रौतहटका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी थिए । प्रदर्शनकारीले निर्मलालाई न्याय दे भन्दै नारावाजीसहित चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनीहरुले सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु बजारको चोक चोकमा टाँसेका छन् ।