अनुसन्धानमा प्रहरी असफल, आशंकामा पक्राउ परेका पनि छोडिए  !

अनुसन्धानमा प्रहरी असफल, आशंकामा पक्राउ परेका पनि छोडिए  !

धनगढी : धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुटने व्यक्तिलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

आईतवार विहान सवा १० बजे सिद्धार्थ बैकबाट रकम झिकेर चौहारा नजिक रहेको किन्ट आईएमई सेन्टरका कर्मचारीमाथि मुख्य बजारमै गोली प्रहार भई लुटपाट भएको थियो । 

घटना भएको २४ घण्टावित्दा पनि लुटेरा पत्ता लगाउनुको साटो गोली चलाई रकम लुटेको आरोपमा पक्राउ परेका दुई जनालाई पनि बोलाएको बेला उपस्थीत हुने गरी रिहा गरिएको छ ।

घटना भएको २० मिनेटमै प्रहरीले घटनामा सग्लन भएको आशकमा गेटाबाट दुई जनालाई ९ लाख रुपैया सहित प्रक्राउ गरेको थियो । 

सो क्रममा प्रहरीले घटनामा उनीहरुका सग्लनता देखिएको र आईतवार साझ सम्म घटनाको सत्यतथ्य पत्ता लाग्ने दावी गरेको थियो । 

उनीहरुले आईतवार नै प्रभु बैकबाट ९ लाख रुकम झिकेको पाईएपनि घटनामा सग्लन भएको अन्य कुनै प्रमाण नभेटिएपछि  छाडिएको प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । 

दुबै जनालाई बोलाएको बेला उपस्थीत हुने गरी रिहा गरिएको भएपनि बरामद रकम भने जिल्ला प्रहरीकै नियन्त्रणमा रहेको उनले बताए । 

घटनाको सत्यतथ्य पत्ता नलाग्दै सस्तो लोकप्रियताका लागि गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेको भनेर प्रहरीले प्रचार गरेको पिडितका आफन्तले आरोप लगाएका छन । 

प्रहरीले भने घटनाको विभिन्न कोणबाट अनुसन्धान भईरहेको जनाएको छ । 

‘अनुसन्धान जारी छ । हिजोदेखि प्रहरी प्रशासन यहि घटनामा केन्द्रित छ ।’ घिमिरेले भने, ‘घटनाको नजिक प्रहरी पुगिसकेको छ । चाडै घटनामा सग्लनलाई सार्वजनिक गर्छौ । अनुसन्धान जारी रहेकाले धेरै कुरा अहिले नै भन्न मिल्दैन ।’