ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ

ब्यूटी विद् अ पर्पस अवार्ड पनि श्रृंखलालार्इ

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।

श्रृंखलाले सामाजिक संजालमा भिडियो सेयर गर्दै आफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको खबर सुनाउँदै हर्षविभोर भएकी थिइन् ।आफूले मल्टिमिडिया अवार्ड  जितेकोमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै आफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेको सुनाइन् । उनले  छन्,, ‘एण्ड, आर्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा आँखा सुन्निन लाइसक्यो। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’ 

भिडियोमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु आफ्नो लागि  मिस वर्ल्डको उपाधि जिते सरह भएको र आज संसारमा आफूभन्दा खुशी शायद कोही पनि छैन होला भन्दै आफ्नो खुशी शेयर गरेकी छिन् ।

ब्यूटी विद् अ पर्पस श्रृंखलालार्इ दिलाउन श्रृंखलाले मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने उद्धेश्यलाई मिस वर्ल्डले सराहना गर्दै सो उपाधि श्रृंखलालाई दिएको हो । ब्यूटी विद् अ पर्पसका लागि २५ जना अन्तिम प्रतिष्पर्धामा छानिएको मिस वर्ल्डले जानकारी दिएको छ। २५ प्रतिष्पर्धी मध्ये निर्णायकहरुले श्रृंखलालाई विजेता घोषणा गरेको हो।  

 दुवै उपाधि जितेपछि श्रृंखला अब मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी छन्। श्रृंखलाले अब फाइनल ३० मा पुगेर मिस वर्ल्डमा अगाडीको यात्रा तय गर्ने छिन्।  मिस वर्ल्डको फाइनल आगामी डिसेम्बर ८ मा हुदै छ।