यि हुन ठेक्का लिएर काम नगर्ने कैलालीका ठेकेदार, जसको नाम कारवाहीका लागि गृह मन्त्रालयमा पठाईयो (सुचीसहित)

यि हुन ठेक्का लिएर काम नगर्ने कैलालीका ठेकेदार, जसको नाम कारवाहीका लागि गृह मन्त्रालयमा पठाईयो (सुचीसहित)

धनगढी : काम नगर्ने कैलालीका १५ जना ठेकेदारको सुची तयार पारि गृह मन्त्रालयमा पठाईएको छ । 

२० योजनाको ठेक्का लिएर काम समयमै सम्पन्न नगर्ने जिल्लाका १५ जना ठेकेदारको नाम गृह मन्त्रालयलाई पठाएको  प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । 

सडक डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, शहरी विकाश तथा भवन निर्माण  विभाग डिभिजन कार्यालय, मेडिकल कलेज पूर्वाधार निर्माण विकाश समिति समिति र हुलाकी राजमार्ग कार्यालय  मार्फत ठेक्का लिएर सम्झौता मितिमा काम सम्पन्न नगर्ने ठेकेदारको नाम सकलन गरि गृह मन्त्रालयमा पठाईएको हो ।

योजनाको अनुगमन तथा सम्बन्धित कार्यालयमा तथ्याङक सकलन गरेर ठेकेदारको सुची तयार गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । 

गृह मन्त्री राम बहादुर थापा बादलको निर्देशनमा गृह मन्त्रालयले एकहप्ता अघि ठेक्का लिएर काम नगर्ने ठेकेदारको सुची तयार पारि पठाउन प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । 

‘गृह मन्त्रालयको निर्देशन अनुसार हामीले जिल्लाका विकाश निर्माणका योजनामा ढिलाई गर्ने ठेकेदार र योजनाको नाम पठाईदिएका छौ ।’ तिवारीले भने, ‘केन्द्रकै आदेश अनुसार ति ठेकेदारमाथि कारवाही अगाढी बढाउछु ।’