विशेष

फाईनल प्रवेशका लागि बुधबार रेडियो धनगढी र पश्चिम टुडे तथा एसटिएस र बी टिभि भिड्ने     |     गाँउपालिकाको कार्यालयमा राखिएको बम नेपाल आर्मीद्वारा निष्क्रिय     |     अन्तराष्ट्रीय कराँते प्रतियोगिताको तयारी अन्तीम चरणमा, विभिन्न देशका खेलाडी धनगढी पुग्ने क्रम जारी     |     महिला हिंसाका उजुरी घटे     |     काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने मन्त्री पण्डितको चेतावनी     |     अनियमितता अन्त्य गर्न नगरपालिका सहमत भएसँगै खुल्यो ताला     |     आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिबारे छलफल प्रारम्भ     |     मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो     |    

बैतडीमा खेलमैदान निर्माण शुरु

रासस    

बैतडीमा खेलमैदान निर्माण शुरु

बैतडी :  बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । 

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक ९लडालेक०मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उहाँले बताउनुभयो । 

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिनुभएको छ । सुविधासम्पन्न उक्त खेलमैदान रु एक करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भन्नुभयो, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।” 

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ । 



आइतबार १६, मङि्सर २०७५ ०९:२९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस