देउडिया एण्ड्रोइड एप – देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

देउडिया एण्ड्रोइड एप – देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ ।

सामाजिक संजाल जस्तै सुबिधा रहेको यस देउडिया एप्लिकेसनमा फेसबुक द्वारा लागिन गर्न मिल्ने र आफुले मन परेको देउडा प्रेसक गर्न मिल्ने व्यवस्था छ।


देउडिया एप्लिकेसन डाउनलोड गर्नुहोस


देउडा एप मा प्रयोगकर्ता हरु ले देउडा पढ्न सक्नु हुन्छ र आफुलाई मन परेको देउडा लाइक गर्न पनि सक्नु सक्नुहुने अनुभवीका सिइओ भक्तराज भट्टले बताउनु भयो। उक्त देउडा एपमा प्रयोगकर्ता हरुले आफ्नो देउडा पोस्ट पनि गर्न सक्नेछन् र सो सुबिधा को लागि सर्वप्रथम प्रयोगकर्ताले लग इन गर्नु पर्ने हुन्छ । फेसबुकको माध्यम बाट यो एप मा सजिलै लग इन गर्ने सुबिधा रहेको छ ।

आफुलाई मनपर्ने प्रकारको देउडा गित प्रयोगकर्ताले सजिलै संग पढ्न सक्नु हुनेछ । एप मा ठाडी भाका, रतेरी, हुद्केउलि र धमारी प्रकार समाबेस गरिएका छन् ।

देउडा गीत नेपालको सुदुरपस्चिमका सम्पूर्ण जिल्ला हरुमा र मध्यपश्चिमका दैलेख, कालिकोट र जुम्ला जिल्लामा एकदमै लोकप्रिय छ ।

प्रयोगकर्ता को सल्लाह सुझाव अनुसार आगामी दिन मा एप लाइ अपडेट गर्दै लाने योजना अनुभबी टेक्नोलोजिज ले बनाए को छ ।