गोलीकाण्ड : गोली प्रहार गरि रकम लुटेको अाशंकामा २ जना पक्राउ (अपडेट)

गोलीकाण्ड : गोली प्रहार गरि रकम लुटेको अाशंकामा २ जना  पक्राउ (अपडेट)

धनगढी: धनगढीमा दिन दहाडै फिल्मि शैलीमा गोली प्रहार गरी रकम लुटेको अाशंकामा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । 

धनगढीमा रहेको ग्लोवाल आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी नौ लाख रकम लुटेर भागेका दुवै जनालाई प्रहरीले अत्तरीयावाट पक्राउ गरेको जनाएको छ । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली  ल्याईरहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले बताए । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । 

लुटपाटमा संग्लनको पिछा गर्दै जाँदा अत्तरियामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको पुरानो भन्सा रोड सव्जीमण्डीमा आईएमईका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरि सिदार्थ वैंकवाट  झिकेको ९ लाख रुपैया लुटेर  भागेका  थिए । 

घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाईतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको  चिकित्सकहरुले सेती अञ्चल अस्पतालले जनाएको छ । 

सामान्य उपचारपछि घाईते कार्कीलाई रेफल गर्ने तयारी गरिएको छ ।