ब्रेकिङ : धनगढीमा गोली चल्यो, ९ लाख लुटियो (अपडेट)

ब्रेकिङ : धनगढीमा गोली चल्यो, ९ लाख लुटियो (अपडेट)

धनगढी, १३ जेठ । धनगढीमा केहीवेर अगाढी गोली चलेको छ । धनगढी उपमहानगरपालिको, १  चौराहा नजीक रहेकाे सब्जीमन्डीमा गोली चलेकोे हो । 

चौराहामा रहेको ग्लोवल आईएमई सेन्टरबाट पैसा झिकेर एनआईसि एसिया बैक जाने क्रममा धनगढी, ३ का निर्मल कार्कीमाथि गोली चलेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । 

कार्की सेन्चुरी बैकको कर्मचारी रहेको बुझिएको छ । 

एसपी घिमिरेले करिव ९ लाख रुपैया समेत लुटिएको बताए । घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 

मोटरसाईकलमा आएको व्यक्तिले गोली हानेको बुझिएको छ । उक्त समुहको खोजी कार्य भईरहेको एसपी घिमिले जानकारी दिए ।

गोली प्रहारबाट घाईते बोल्न नसकेका कारण घटनाको विस्तृत विवरण आईसकेको छैन ।