कैलालीमा बाढी : यसरी उद्धार कार्य गर्दै कैलाली प्रहरी (फोटो फिचर)

कैलालीमा बाढी : यसरी उद्धार कार्य गर्दै कैलाली प्रहरी (फोटो फिचर)

धनगढी : मंगलबार राती देखि लगातार परेको अबिरल बर्षाले कैलालीमा ३ हजार २७ घर परिवार विस्थापित भई सुरक्षित स्थानमा राखिएको छ  । जिल्लाका विभिन्न बस्तीहरुमा बाढी पसेपछि उनीहरुलाई उद्धार गरी अन्यत्र सारिएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले सम्म ६ हजार ५ सय २९ घरहरु डुवानमा परेका छन । यहाँका विभिन्न स्थानमा रहेका नदिहरुमा पानीको बहाब बढेपछि सबै भन्दा बढी भजनी नगरपालीका, टिकापुर नगरपालिका, जोशिपुर गाउँपालिका, जाननी गाउँपालिका, बर्दगोरिया गाउँपालिकामा क्षेती पुर्‍याएको छ ।

सबै भन्दा बढी प्रभावित यी क्षेत्रहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । अझै पनि पानी परी रहेकोले सुरक्षित स्थानमा बसन प्रहरलिे आग्रह गरेको छ ।

साथै समस्या भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गरी आवश्यक सहयोग गरी दिन हुन जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

तस्वीरहरु हेर्नुहोस् यसरी हुदैंछ उद्धार कार्य :