उमेर ९२ वर्ष, श्रीमती १०७, छोराछोरी १८५,फेरि अर्को विहे गर्ने योजना

उमेर ९२ वर्ष, श्रीमती १०७, छोराछोरी १८५,फेरि अर्को विहे गर्ने योजना

मोहम्मद बेल्लो अबुबकर नाइजेरियाका विवादित मानिस हुन। मोहम्मद उमेरले ९२ वर्षका भए। उसको अहिलेसम्‍म १०७ श्रीमती छन् भने १८५ जना छोराछोरी छन्। तर उनी अझै पनि विवाह गर्ने इच्छा राख्‍छन्।

मोहम्मद भन्छन्, ‘ अहिलेसम्‍म म मरेको छैन।पुरै जीवन बाचुञ्‍जेलसम्‍म विवाह गर्ने काम चलिरहन्छ मेरो।’ उनले अझै एक जना युवती देखेका छन् जोसँग उनी विवाह गर्न चाहन्छन्। उनले ती युवतीसँग विवाह गर्नु आफ्‍नो कर्तव्य नै भएको बताउँछन्।

यो बारेमा केही इस्लामी अधिकारीसँग उनको झगडा पनि नभएको होइन। तर उनले आफूले विवाह गरेर एउटा समुदाय बनाइरहेको बताउँछन्। उनी भन्छन, ‘ म विवाह गरेर परिवारमा कहल होइन, समुदाय बनाएर सामूहिका कार्यमा सहयोग गर्नु साहास जुटाउँन चाहन्छु।’

भर्खरै उनको मृत्‍युको झुठो खबर समेत फैलिएको थियो। तर उनी यसबारे भन्छन्, ‘ मेरो मृत्‍युको खबर मविरुद्धको षडयन्त्र हो। अन्जान विरोधीहरु मप्रति दुष्मनि लिन चाहन्छन्।’