६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

६ ग्राम ब्राउन सुगरसहित  दुई जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास स्थित ईलाका प्रहरी कार्यालयले लागू औषध नियन्त्रणमा कडाइ गरे पछि ब्राउन सुगरसहित बुधबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती लागू औषध ओसारपसार गर्ने गिरोहको सफाया अभियान अन्तर्गत चेकजाँचलाई तिब्र बनाए पछि ६ ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका हो ।

कञ्चनपुर जिल्लको दक्षिणी सिमान्त पुनर्वासको त्रिभुवनबस्ती ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक कर्णबहादुर बम आए लगत्तै लागू औषध ओसारपसार नियन्त्रणमा प्रहरीले एक पछि अर्को सफलता हात पार्दै आएको छ ।

बुधबार ब्राउन सुगर सहित पक्राउ पर्नेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५, जाईका २५ वर्षीय आकाश चौधरी र धनगढी उपमहानगरपालिका–५ जाईंकै २४वर्षीय दिनेश चौधरी रहेको प्रहरीले जनाएको छ ।

अनटेस्ट मोटरसाइकल प्रयोग गरी पुनर्वासबाट धनगढीतर्फ जाँदै गर्दा पुनर्वास नगरपालिका–१० दोंदा पुलबाट बेलुका ५ बजेतिर उनीहरु पक्राउ परेका थिए । ब्राउन सुगर जस्तो घातक जुन २५ मिलिग्राममा मुद्दा चल्ने, ६ ग्राम निक्कै ठूलो परिणामभएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमले बतानुभयो ।

दुई साता अघि मात्रै इलाका प्रहरी कार्यालयत्रिभुवनबस्तीले गोदावरी नगरपालिका–३ का २० वर्षीय प्रमोद चौधरी र धनगढी उपमहानगरपालिका–१३ का २० वर्षीय सुवास रानालाई १० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेकाथिए ।

लागू औषध नियन्त्रणमा केही दिनदेखि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले आफ्नो दख्खल र दक्षता देखाउँदै आएका छन् । नेपाल–भारत सीमा नाका पुनर्वासबाट पछिल्लो समय लागूऔषधको ओसार–प्रसार बढेपछि त्रिभुवनबस्ती प्रहरीले विशेष अभियान थालेको हो ।