दुहुमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता

दुहुमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता

दार्चुला  : जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता छन् । सोमवारदेखि भइरहेको अविरल वर्षाका कारण मंगलवार विहान ५ बजेतिर खसेको पहिरोले घर पुरिदा स्थानिय ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीय श्रीमती इन्द्रा जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । 

घरमै रहेका २१ वर्षीय सुनिल भने भाग्न सफल भएका छन् । दार्चुला तिंकर सडक भाँसिदा घरमाथि पहिरो आएको प्रहरी निरीक्षक जोशीले बताए । यस्तै पहिरोमा  जोशीका एक भैसी तथा चार बाख्रा पनि पुरिएका छन् । घटनास्थलमा प्रहरी चौकी ब्रह्मदेवबाट टोली खटिएको उहाले बताए । निरन्तरको वर्षाका कारण उद्धार गर्न समस्या भइरहेको जनाइएको छ ।