वीरगन्जको अस्पतालमा आरडिटी पोजिटिभ देखिएका वृद्धको मृत्यु

वीरगन्जको अस्पतालमा आरडिटी पोजिटिभ देखिएका वृद्धको मृत्यु

वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आइतबार बिहान  आरडिटी रिपोर्ट पोजिटिभ भएका एक बिरामीको मृत्यु भएको छ। 

आरडिटी रिपोर्ट पोजिटिभ भएका वीरगन्ज-१० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंह जानकारी दिनुभयो । मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ। उनी , वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।

पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।

 त्यसपछि उनलाई आइतबार नै  वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।