सुदूरपश्चिममा २९ सय ९६ जना डिस्चार्ज, ४ हजार ६५ कोरोना संक्रमित

सुदूरपश्चिममा २९ सय ९६ जना डिस्चार्ज, ४ हजार ६५ कोरोना संक्रमित

सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ६५ पुगेको छ । हिजो २१ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ६५ पुगेको हो ।

हालसम्म २२ सय ९६ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १ हजार ७५ जना छन् ।

यस्तै अछाममा ६३७, बैतडीमा ३०३, बझाङमा १७१, बाजुरामा ४४६, डडेलधुरामा २९५ दार्चुलामा २०, डोटीमा ६०५ र कञ्‍चनपुरमा ५१३ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ४ ६ सय ९६ जना अझै क्‍वारेन्टिनमै रहेको मन्त्रालयले जनाएको छ ।