कांग्रेस नेता ओझा सहितका नेताहरुलाई गरिएको कारवाहीप्रति शेखर कोइरालाको असन्तुष्‍टि

कांग्रेस नेता ओझा सहितका नेताहरुलाई गरिएको कारवाहीप्रति शेखर कोइरालाको असन्तुष्‍टि

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलगायतका नेतालाई कारवाही गरेकोप्रति असन्तुष्टि जनाएका छन्। 

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कांग्रेसको अनुशासन समितिले हिजो पूर्वगृहमन्त्रीसमेत रहेका जोशी, नेताहरू पुष्करनाथ ओझा र रामबहादुर विष्‍टलाई पार्टीबाट निष्काशन गरेको थियो।

नेता कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर उनीहरूमाथि कारवाही गरिएको टिप्पणी गरेका छन्।

'एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?,' कोइरालाको प्रश्‍न छ। 

कारवाही गरिएका नेताहरूले 'पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन' भएको उनको भनाइ छ।