व्यवसायी कुँवरले जन्मदिन असहाय र विपन्नका विच मनाए

व्यवसायी कुँवरले जन्मदिन असहाय र विपन्नका विच मनाए

धनगढी : कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले आफ्नो जन्म दिन धनगढीमा रहेका बिभिन्न संघसंस्थाहरुमा पुगेर मनाएका छन । सामाजिक कार्यमा सक्रिय कुँवरले आफ्नो जन्म दिनको अवसरमा धनगढीका विभिन्न संघसंस्थाहरुमा पुगेर जन्मदिन मनाएका हुन ।

उनले जन्म दिनमा फजुल खर्च नगरी सो रकम सामाजिक काममा प्रयोग गरेका छन । अध्यक्ष कुँवरले बिहान ११ बजे आमाको माया छात्राबासमा पुगेर त्यँहा बस्दै आएका असहाय बालबालिकाहरुलाई फलफुल र मिठाई खुवाएका थिए ।

साथै कुँवरले संस्थाका संरक्षक योगेन्द्र चन्दलाई गर्मीको लागी आबश्यक पंखा समेत हस्तान्तरण गरेका छन । त्यसैगरी धनगढी कै अर्को संस्था मानबसेवा आश्रम पुगेर समेत कुवरले सहयोग गरे । जहाँ सडकमा कष्टकर जिबन बिताइरहेका ब्यक्तीहरुलाई खोजी खोजी ल्याएर संरक्षण गर्न गरिएको छ ।

त्यँहा पनि कुँवरले अशक्त र मानसिक अबस्था ठीक नभएका ब्यक्तीहरुलाई मिठाई र फलफुल बितरण गरे । त्यँहा पनि चर्को गर्मीमा बस्न समस्या हुने भएकाले केही थान पँखा सहयोग गरेका छन ।

कुँवरले यसअगाडी पनि लकडाउनका समयमा कोरोनाको जोखिम मोल्दै सिमामै खटिएर भारतबाट नेपाल फर्कने नागरिकहरुलाई सहयोग गरेका थिए भने कैलालीमा अलपत्र भारतीय नागरिकलाई समेत आफ्नै होटेलमा बस्ने र खाने व्यवस्था गरेका थिए ।