सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार २०९ पुग्यो

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार २०९ पुग्यो

धनगढी : सुदूरपश्चिममा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जना, डडेल्धुरा प्रयोगशालामा २०, सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा दुई जना र पाटन अस्पतालमा भएको परीक्षणमा एक जना गरी थप २४ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरामा भएको परीक्षणमा डोटीका १३, डडेल्धुराका चार र बैतडीका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा अछामका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा अछामका थप दुई जनामा संक्रमण पुष्टि भएको डाक्टर गौतमले बताए। यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा गरिएका ३६० नमुनामध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको असपतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनले आज कोरोना पुष्टि हुने कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १३ का १७ बर्षिय युवकमा कोरोना पुष्टि भएको बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १८६ पुगेको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार दुई सय नौँ पुगेको छ।