नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु,मृतकको संख्या ४५ पुग्यो

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु,मृतकको संख्या ४५ पुग्यो

नेपालमा शनिबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमित किशोरीको शुक्रबार मृत्यु भएको हो ।

बाराकी १७ वर्षीया किशोरीको शुक्रबार नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।