थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको डिस्चार्ज

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जनाको डिस्चार्ज

नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १८ हजार ४८३ पुगेको छ ।

त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३८५ पुगेको छ । कोरोनाबाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०६ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ५३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १८ हजार १८३ जना रहेको छ ।

हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।