सुदूरपश्चिममा आज थप एक जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप एक जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कञ्चनपुरका एक जनामा मात्रै कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा गरिएका ३६० नमुनामध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको असपतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनले आज कोरोना पुष्टि हुने कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १३ का १७ बर्षिय युवकमा कोरोना पुष्टि भएको बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १८६ पुगेको छ ।