रुपन्देहीमा सर्पले टोकेर ५ वर्षीया बालिकाको मृत्यु

रुपन्देहीमा सर्पले टोकेर ५ वर्षीया बालिकाको मृत्यु

रुपन्देहीमा सर्पले टोक्दा एक बालिकाको ज्यान गएको छ । 

ज्यान जानेमा रुपन्देहीको मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमान रहेकी छिन् । उनको शुक्रबार राति सर्पले टोक्दा ज्यान गएको हो । 

घरमा खेलिरहेकोसमयमा हातमा सर्पले टोकपछि उनलाई भैरहवाको भीम अस्पताल लगिएको थियो । तर उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।