वीरगञ्जमा मृत्यु भएकी १७ वर्षीया युवतीमा कोरोना पुष्टि, मृत्यु हुनेको सँख्या ४५ पुग्यो

वीरगञ्जमा मृत्यु भएकी १७ वर्षीया युवतीमा कोरोना  पुष्टि, मृत्यु हुनेको सँख्या ४५ पुग्यो

वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी तथा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी युवतीको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ।

शुक्रबार मृत्यु भएकी बारा परवानीपुरकी १७ वर्षीया युवतीको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अस्पतालक मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

ती युवतीको उपचारको क्रममा शुक्रबार गण्डकी अस्पतालमा मृत्यु भएको थियो। वीरगञ्जको हेल्थ केयर अस्पतालबाट रेफर भएर आएकी ती युवतीको उपचारको क्रममा शुक्रबार अस्थायी कोरोना विशेष अस्पताल गण्डकी मृत्यु भएको थियो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले पनि मृतक युवतीमा कोरोना देखिएको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४५ पुगेको छ।