‘सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोभिड–१९ को जोखिम दोब्बर’

‘सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोभिड–१९ को जोखिम दोब्बर’

कोरोना भाइरस सङक्रमणको जोखिम सुर्तीजन्य पर्दाथ सेवन कर्ताहरुमा बढी हुने गरेको पाएको छ । सुर्तीजन्य पदार्थबाट लाग्न सक्ने विभिन्न प्रकारका रोग तथा अन्य रोगहरुसँग लड्ने रोग प्रतिराधात्मक क्षमता अन्य व्यक्तिको तुलनामा कम हुन्छ । जसका कारण अन्य व्यक्तिको तुलनामा छिट्टै फैलन सक्ने हुदा सुर्ती जन्य पर्दाथबाट टाढा रहन विज्ञहरुले सुझाव दिएका छन् ।

विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थ सेवन गर्नेहरुमा संक्रमण चाँडै देखिने गरेको पाइएको छ । सुर्तिजन्य पदार्थले श्वासप्रश्वाससँग सम्बन्धित रोग निम्त्याउने र त्यस्ता रोगीलाई कोरोना भाइरस संक्रमण छिटो हुने गरेको छाती तथा दम रोग विषेशज्ञ डा. नवीन मिश्र बताउँछन् ।

धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी हुन्छ । सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कोरोना संक्रमणले गम्भीर अवस्थामा पु¥याउन सक्ने र फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर पार्ने डा।मिश्रको भनाई छ ।

सुर्ती जन्य पदार्थमा निकोटीन हुने हुदा उक्त निकोटिनले इमिन्युल सिस्टमलाई कमजोर बनाउने हुँदा सेवन गर्ने मानिसमा कोरोना संक्रमण भएमा निको हुने सम्भावना कम हुन्छ । त्यस्ता व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएमा उपचार पनि अरुको तुलनामा बढि गर्नुपर्ने हुन्छ ।

सुर्ती जन्य पदार्थ गुड्का अथवा पानमा चुना मिसाएर खाँदा मुख भित्रको मृकस मेमोरेनमा साना साना घाउ हुन्छ, जहाँ संक्रमणको जोखिम बढि हुन्छ । त्यति मात्रै होइन, सुर्ती जन्य पदार्थ सेवन गरी जथाभावी थुक्ने गर्नाले अन्य व्यक्तिमा समेत जोखिम निम्त्याउने मिश्र बताउँछन् ।

सुर्ती जन्य पदार्थ नियन्त्रणका लागि चालिएका सरकारी चदमहरु पनि सफल हुन सकेका छैनन् । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न ऐन ल्याएको पनि ९ वर्ष बितिसकेको छ । तर अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमत गर्नका लागि वि.सं. २०६८ मा नै ऐन ल्याएको हो । उक्त ऐनमा ८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाडा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, लगाएतका नियम रहेको छ ।

तर सरकारले उक्त नियम कार्यान्वयन गराउन सकेको छैन । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा कुल जनसङ्ख्याको करिब ७५ प्रतिशतले सुर्ती जन्य पदार्थ सेवन गर्ने गरेका छन् ।