लम्कीमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ

लम्कीमा खुकुरी प्रहार गर्ने एक जना पक्राउ

धनगढी : कैलालीको लम्कीमा शुक्रवार एक युवक माथि खुकुरी प्रहार गर्ने एक जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका १ मा २८ वर्षीय स्थानीय रमेश बहादुर शाही माथि खुकुरी प्रहार गरेको आरोपमा वडा नम्बर २ का २२ बर्सिया परेग न्यौपाने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

सैलुनमा कपाल काटेर बाहिर निस्कने क्रममा उनी माथि ७÷८ जनाको समूहले आक्रमण गरेको थिए । त्यस लगतै आक्रमणकारीहरू भागे,त्यसको केही बेरमै लम्की प्रहरीले न्यौपानेलाई नियन्त्रणमा लिएको उनले बताए । आक्रमण गर्ने अन्य व्यक्तिहरु फरार रहेका र उनहिरुको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घाइते र आक्रमण गर्नेहरू साथी भएको खुलेको छ । आपसी विवादमा खुकुरी प्रहार भएको भन्ने हाल सम्म खुलेको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताए ।

घाइते शाहीलाई लम्की स्थित लाल रत्न अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी कोहलपुर रेफर गरिएको छ ।