पिताले धूम्रपान गर्दा छोराको वीर्य घट्ने

पिताले धूम्रपान गर्दा छोराको वीर्य घट्ने

चुरोट पिउँदा आफ्नो स्वास्थ्य मात्र नभई भविष्यको पुस्ताको स्वास्थ्यमा समेत हानि पुग्ने एक अनुसन्धानले पत्ता लगाएको छ । 

आफ्नी पत्नी गर्भवती हुँदा चुरोट पिउने पुरुषको छोराको शुक्राणुको संख्या आधी हुने अध्ययनले देखाएको हो । स्विडेनको लन्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले देशका १७ देखि २० वर्ष उमेरका १०४ व्यक्तिमाथि यो अध्ययन गरिएको हो । 

अनुसन्धानकर्ताहरूका अनुसार, गर्भवती महिला निकोटिनको सम्पर्कमा आउँदा गर्भमा भएको बालकको शुक्राणु संख्या ५१ प्रतिशत कम भएको पाइयो । 

विश्वविद्यालयका अनुसन्धानकर्ता जोनाथन एक्सेल्सनले भने, ‘आमाले ध्रूमपान नगरेपनि वा निकोटिनको सम्पर्कमा नआएपनि धूम्रपान गर्ने पिताका बच्चाको शुक्राणु संख्याको स्तर एकदमै कम देखियो ।’

तर शुक्राणुमा हुने कमी र वीर्यसम्बन्धी अन्य मापदण्डमा हुने कमीमा वातावरण पनि प्रमुख कारण हो ।