"पहिला चुनाव, अनि महोत्सव"

"पहिला चुनाव, अनि महोत्सव"

धनगढी : स्थानीय ब्यवसायको प्रवद्र्धनका लागि कैलाली उद्योग वाणिज्य संघले हरेक बर्ष आयोजना गर्ने गरेको सुदूर पश्चिम महोत्सव यो बर्ष पनि गर्न माग भइरहेको बेला संघले भने नया कार्य समितिका लागि निर्वाचन सम्पन्न गरेर मात्रै महोत्सव आयोजना गर्ने मनसाय राखेको छ । 

पुरानो कार्यसमितिको कार्यकाल समाप्त भइसकेकोले नया कार्यसमितिको लागि हुने निर्वाचनमा मतदाता बन्न नक्कली सदस्य बनाइएको भन्दै एक पक्षले अदालतमा रिट दायर गरेपछि अदालतले छानवीन गरेर मात्रै निर्वाचन गर्न दिएको आदेश अनुसार सदस्यता सम्बन्धी छानवीन भइरहेको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास लम्सालको संयोजकत्वमा रहेको छानवीन समितिले वास्तविक ब्यवसायी रहेको प्रमाण पेश गर्न ४ दिन अधि एक हप्ताको समय दिएर सूचना जारी गरेको छ । 

छानवीन प्रक्रियालाई चाँडो सकेर दाबी बिरोधका लागि ठाँउ राखेर मंसीरको २२ गते सम्म निर्वाचन गर्ने गरी आफुहरुले पहल गरिरहेको संघका अध्यक्ष शंकर बोगटीले बताउनुभयो । 

मंसीर महिनाभित्रै निर्वाचन गरी गत बर्ष झैं पुष महिनाको १५ गतेभित्र महोत्सव समेत आयोजना गर्ने गरी तयारी भइरहेको अध्यक्ष बोगटीको भनाई छ ।