सुदुरपश्चिमका  एक्ला प्रतिस्पधी रवि ओडं उत्कृष्ट ६ मा पर्न सफल

सुदुरपश्चिमका  एक्ला प्रतिस्पधी रवि ओडं उत्कृष्ट ६ मा पर्न सफल

धनगढी  : एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन २ मा सुदुरपश्चिमका छोरा रवि ओड आइडलको उत्कृष्ट ६ मा पर्न सफल भएका छन् ।

बिहिबार भएको प्रतिस्पर्धामा उहाँले दिएको प्रस्तुती मन पराई दर्शकले दिएको भोटका आधारमा रवि उत्कृष्ट ६ मा पर्न सफल भएक हुन ।

नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको बिहिबारको सोमा रविले गायिका टिका प्रसाइसंग युगल रुपमा नाइ मलाई था छैन  बोलको गीत गाउनुभएको थियो  ।

सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका रविले नेपाल आइडलमा आफ्नो प्रस्तुतीबाट दर्शकहरुको सर्वा्धिक माया पाइरहेका छन।

नेपाल आइडलबाट प्रतियोगीमध्ये निलिमा थापामगर बाहिरिनुभएको छ  । अब उत्कृष्ट ५ का लागि आउँदो शुक्रबार प्रतिस्पर्धा हुनेछ ।