रक्ताम्य छन् डडेल्धुरा दुर्घटनाका घाईते, भन्छन् : बसमा उभिने ठाउ समेत थिएन, गति तिव्र थियो

रक्ताम्य छन् डडेल्धुरा दुर्घटनाका घाईते, भन्छन् : बसमा उभिने ठाउ समेत थिएन, गति तिव्र थियो

धनगढी :  डडेल्धुराको रडुवाखोलामा से १ क २९३ नम्बरको बस विहिवार साँझ दुर्घटना हुदा मृत्यु हुनेको सख्या १८ पुगेको छ ।

१० जनाको घटनास्थलमा, ८ जनाको उपचारको डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा क्रममा गए राती डडेल्धुरामै मृत्यु भएको हो । 

मृत्यु हुनेमा १३ जना पुरुष र ५ जना महिला छन । मृतक १८ मध्ये हालसम्ममा ७ जनाको सनाखत भएको छ ।घाईतेमध्ये गम्भीर घाईते १५ जनालाई धनगढी ल्याईएको थियो । सेती अञ्चल अस्पतालमा छ तथा माया मेट्रो अस्पतालमा पाच गरि ११ जनाको धनगढीमा उपचार भईरहेको छ भने यहाँ उपचार सम्भव नभएपछि दुवै अस्पतालले दुई दुई जना विरामीलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरेका छन । 

बाकी घाईतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेका छ । कैलालीको माया मेट्रो अस्प्तालमा उपचार गराईरहेका डोटीको शिखर नगरपालिका, ११ का विनोद किमाडीले बढी यात्रु र तिव्र गतिका कारण बस दुर्घटनामा परेको बताए । 

‘म बसमा चढेको पाच मिनेटमै दुर्घटना भयो । म दुर्घटना भएको केही अगाढी मात्रै चढेको थिए । बसमा यात्रु धेरै थिए । सिटमा ठाउ नभएर धेरै उभिएका थिए ।’ उनले भने, ‘बस पनि तिव्र गतिमा । आरोलो ठाउमा दुर्घटना भयो । कसरी धनगढी पुगे अरु थाहा भएन ।’

माया मेट्रो अस्पतालमै उपचार गराईरहेकी डडेल्धुराको गन्यापधुरा गाउपालिका, ३ की ईन्द्र भुलले दुर्घटना हुनुभन्दा अघिको क्षणलाई सम्झदै भनिन्, ‘बसमा यात्रु काचाकोच थिए । त्यत्तिकै गति पनि थियो । एकाएक बस रोडबाट तल खसेपछि कोलाहल मच्चियो ।’

उपचारमा सलग्न माया मेट्रो अस्पतालको आकस्मिक कक्षका मेडिकल अधिकृत डा। लाल सिह धामीले दुर्घटनामा घाईते भएकाहरुका विभिन्न स्थानमा चाट लागेको बताए । 

‘कसैको टाउकोमा चोट छ । कसैको हात भाच्चिएको छ, कसैको खुट्टा ।’ उनले भने, ‘अझै पनि घाईते रक्ताम्य छन । उपचार जारी छ । अवस्था पनि स्थिर छ ।’

धनगढीमा उपचार भईरहेका घाईतेको स्वाथ्य अवस्थाबारे कैलालीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायतको टोलीले जानकारी लिएको छ ।