डडेल्धुरा दुर्घटना अपडेट : मृत्यु हुनेको सख्या १८ पुग्यो, गम्भीर घाईते  १७ जना उपचारका लागि धनगढी र कोहलपुर रिफर

डडेल्धुरा दुर्घटना अपडेट : मृत्यु हुनेको सख्या १८ पुग्यो, गम्भीर घाईते  १७ जना उपचारका लागि धनगढी र कोहलपुर रिफर

धनगढी : डडेल्धुराको रडुवाखोलामा से १ क २९३ नम्बरको बस विहिवार साझ दुर्घटना हुदा मृत्यु हुनेको सख्या १८ पुगेको छ ।

१० जनाको घटनास्थलमा, ६ जनाको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा तथा दुई जनाको उपचारको क्रममा गए राती डडेल्धुरामै मृत्यु भएको हो । 

मृत्यु हुनेमा १३ जना पुरुष र ५ जना महिला छन । मृतकहरुको अझै सनाखत हुन नसकेको डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । मृतकका आफन्त अस्पताल नपुगेका कारण अझै सनाखत हुन नसकेको हो । 

दुर्घटनामा २७ जना घाइते भएका छन । घाईते २७ जनामध्ये १४ जनालाई धनगढी र ३ जनालाई उपचारका लागि कोहलपुर रिफर गरिएको छ । बाकी १० जना घाईतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेका छ । 

जिल्लाको अमरगढी नगरपालिका–५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइनस्थित पिसजोन एकाडेमीको स्कुल बस अमरगढी नगरपालिका, ११ को रडुवाखोलामा विहिवार साँझ दुर्घटनामा परेको थियो। स्कुल बस भएपनि बसमा विद्यार्थी बाहेक अन्य पनि रहेको बताईएको छ । 

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताइएको छ ।