डडेल्धुरामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सख्या १६ पु¥यो, २७ घाईते (अपडेट)

डडेल्धुरामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सख्या १६ पु¥यो, २७ घाईते (अपडेट)

धनगढी : डडेल्धुराको रडुवाखोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १६ पुगेको छ । दुर्घटनामा २७ जना घाईते भएका छन । उनीहरुको सनाखत भने हुन सकेको छैन । 

अहिले घटनास्थलमा उद्धार कार्यमा खटिएमा डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक डम्बर कहादुर केसीले फोनमा भने, ‘अहिलेसम्म १६ जनाको मृत्यु भईसकेको छ । २७ जना घाईते छन ।’

उनले उद्धारको कार्य जारी रहेका अझै मृत्यु र घाईतेको सख्या बढन सक्ने बताए । 

घाईतेलाई डडेल्धेराको उपक्षेत्रीय अस्पतालमा लगिएको छ भने गम्भीर घाईतेलाई कैलाली ल्याउने तयारी भईरहेको छ । 

जिल्लाको अमरगढी नगरपालिका, ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकाडेमीको स्कुल बस अमरगढी नगरपालिकाको रडुवाखोलामा विहिवार साझँ दुर्घटनामा परेको थियो । 

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताइको छ । अहिले पनि उद्धार कार्य जारी छ ।