डडेल्धुराको रडुवाखोलामा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु

डडेल्धुराको रडुवाखोलामा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु

धनगढी : डडेल्धुराको रडुवाखोलामा बस दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगरपालिका, ५ मा लाग्ने उग्रतारा मेला हेरेर फर्केकाहरु चढेको बस गन्यापधुरा गाउपालिकाको रडुवाखोलामा दुर्घटना परेको डडेल्धुरा प्रहरीले जनाएको छ । 

दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको प्रारम्भि जानकारी आएको सुदूरपश्चिम प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ । 

बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको बताईएपनि मानविय क्षतिबारे भने खुल्न सकेको छैन । बसमा ४० भन्दा बढी सवार रहेको बताईएको छ । 

बस डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको से १ क २९३ नम्बरका हो । 

अहिले प्रहरी त्यहा पुगेको र उद्धार कार्य भईरहेको छ ।
थप विवरण आउन बाकी...........