तीन दिने वैज्ञानिक वन व्यबस्थापन तालिम सम्पन्न

तीन दिने वैज्ञानिक वन व्यबस्थापन तालिम सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा रहेको सब डिभिजन वन कार्यालय पचकडिया  तथा  पुनर्वास नगरपालिकाको आयोजनमा  तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न  भएको छ ।

पुनर्वास नगरपालिका भित्रका सामुदायिक वनका प्रतिनिधिहरूलाई वन र वन्यजन्तुको बैज्ञानिक तरिकाले कसरी सँरक्षण गर्नेरु वन भनेका के होरु वनका प्रकार के के हुनरु सिल्भीकल्सर अपरेशन कसरी गर्नेरु क्लियर फिलिङ्ग, सेल्टर रूट, वनलाई हुने हानि नोक्सानीको रोकथाम कसरी गर्न, कम्पाडमेन्ट तथा सबकम्पाडमेन्ट कसरी बनाउने र जीपीय कसरी चलाउने भन्ने बारे सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले तालिम दिईएको कुण्डा वन सेक्टर पचकडियाका प्रमुख दिनेश कुमार यादवले बताउनुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जीवनराज थापाले  पुनर्वास नगरपालिका भित्र पर्ने सम्पुर्ण सामुदायिक वनमा बैज्ञानिक वन नीति लागू गर्न आवश्यक सहयोग गर्ने र तालिमलाई उपलब्धि मुलक बनाउन सहभागी प्रशिक्षार्थीहरूलाई अनुरोध गरेका थिए।

साथै समयानुकुल आफु र आफ्नो वनलाई परिवर्तन गर्न समेत अनुरोध गरेका थिए ।    वार्ड नम्बर ९ का वडाध्यक्ष नारायण प्रसाद जैशीको सभापतित्वमा  भएको तालिममा समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जीवनराज थापा रहेका थिए ।

३५ जना प्रशिक्षार्थी सहभागी उक्त तालिम अबधि भर जिल्ला वन अधिकृत मोहन राज काफ्ले, कुण्डा वन  सेक्टरका प्रमुख दिनेश कुमार यादव  र सत्यनारायण महतोले प्रशिक्षण दिएका थिए ।

तालिम समापन पछि सहभागी प्रशिक्षार्थीहरूलाई तालिमको प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो। तालिम कार्यक्रम कुण्डा वन सेक्टर कार्यालय पचकडियाको सभाहलमा सम्पन्न भएको हो।