राष्ट्रिय गोजुरियो कराँते संघका महासचिव चन्द इन्डोनेशिया प्रस्थान

राष्ट्रिय गोजुरियो कराँते संघका महासचिव चन्द इन्डोनेशिया प्रस्थान

काठमाडौं : नेपाल गोजुरियो कराँते संघका केन्द्रीय महासचिव प्रकाश चन्द इन्डोनेशिया प्रस्थान गरेका छन् ।

उहाँ शुक्रबार देखि ९ गतेसम्म त्यहाँको राजधानी जकार्तामा भइरहेको छैठौं एशियन गोजुरियो कराँते प्रतियोगिता २०१८ मा रेफ्रीको भूमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् । साथै, महासचिव चन्दले त्यहाँ रहँदा रेफ्री सेमिनारमा पनि भाग लिने छन् ।

उहाँ बिहीबार जर्काता गएका हुन् । नेपालबाट भाग लिने खेलाडी र पदाधिकारी भने मंसिर ४ गते नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनीहरुलाई एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव केशवकुमार बिष्टले विदाई गरेका थिए । 

प्रतियोगिता यशियन गोजुरियो महासंघको आयोजनामा भइरहेको हो । चन्द यसियन गोजुरियो कराँते महासंघका ‘ए’ तहका रेफ्री हुनुका साथै यसियन कराँते महासंघका निर्णायक पनि हुन् । 

चन्द सहभागी भएको प्रतियोगितामा १५ बढी देशले भाग लिएका छन् । प्रतियोगिताको पाँचौं संस्करण मलेसियामा भएको थियो । महासचिव चन्दले उक्त प्रतियोगितामा पनि सहभगिता जनाएका थिए ।