सुदूरपश्चिमको कैलालीमा मात्रै ९१६ कोरोना संक्रमित, अन्य जिल्लामा कति ?

सुदूरपश्चिमको कैलालीमा मात्रै ९१६ कोरोना संक्रमित, अन्य जिल्लामा कति ?

धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ४६९ पुगेको छ । शनिबार साँझसम्म ५६ जना संक्रमित थपिएसँगै बढेर ३ हजार ४६९ पुगेको हो । पछिल्लो समय सुदूरपश्चिममा संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको पाइएको छ ।

हालसम्म ५८६ जना डिस्चार्ज भएका छन् । संक्रमितमा ७९० महिला र २ हजार ६७९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

संक्रमितमध्ये कैलालीका मात्रै ९१६ जना छन् । यस्तै अछामका ५४४, वैतडीका २८०, बझाङका १३९, बाजुराका ३९०, डडेल्धुराका २६९, दार्चुलाका १७, डोटीका ५१४ र कञ्चनपुरका ४०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८५४ जना अझै क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।