निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको उपाधि आयोजक लिटिल फ्लावरलाई

निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको उपाधि आयोजक लिटिल फ्लावरलाई

धनगढी : निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टि–२० क्रिकेट प्रतीयोगिताको उपाधी आयोजक लिटिल फ्लावर स्कुल धनगढीले जितेको छ । 

मंगलवार सम्पन्न फाईनल खेलमा कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले उपाधी जितेको हो ।

पहिलोपटक प्रतियोगिताको च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधीसगै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने लगातार दोस्रो पटक उपविजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कंचनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

धनगढी स्थित संघीय प्रहरी ईकाईको खेल मैदानमा लिटिल बुद्धले जितको लागी दिएको १४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८ दशमवल १ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । 
लिटिल फ्लावरलाई उपाधी दिलाउने क्रममा लिटिल फ्लावरका कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको अर्धसतकिय पारी खेले । 
यस क्रममा उनले ४१ बलमा ११ चौका र १ छक्का प्रहार गरे । यस्तै दिपक रोकायाले अविजित २४, अनिल थापा र बिशाल भट्टले समान १४÷१४ रनको योगदान दिए ।

बलिङतर्फ लिटिल बुद्ध एकेडेमी कञ्चनपुरका नारायण जोशिले २ विकेट लिए थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४५ रनको योगफल तयार गरेको थियो ।

शुशिल खड्काको कप्तानिमा रहेको लिटिल बुद्धको लागी ओपनर हेमन्त कार्किले अविजित ७३, नारायण जोशिले ३३ र शुशिल खड्काले १९ रनको योगदान दिएपनि टिमलाई जिताउन सकेनन । बलिङतर्फ लिटिल फ्लावर स्कुल धनगढीका शेर मल्लले २ तथा सागर भण्डारीले १ विकेट लिएका थिए ।

प्रतियोगितामा प्लेयर अफ द सिरिज भएका नेपाली अन्डर १९ टोलिका सदस्य शेर मल्ल नगर १० हजार पुरुस्कार पाए । 
बेस्ट ब्याट्सम्यान सिद्धार्थ शिशु सदनका खडक बोहरा, बेस्ट बलर लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र राईजिङ प्लेयर लिटिल फ्लावर स्कुल धनगढीका बिशाल भट्टले नगद ५÷५ हजार पुरुस्कार पाएका छन । 

कार्तिक २७ गतेदेखि सुरु भएको देशकै सर्वाधिक पुरुस्कार राशिको विद्यालय स्तरीय प्रतियोगितामा देशका विभिन स्थानका १२ स्कुलका टिमको सहभागिता थियो ।