तीन दिने वैज्ञानिक वन व्यबस्थापन तालिम शुरू

तीन दिने वैज्ञानिक वन व्यबस्थापन तालिम शुरू

कञ्चनपुर : सब डिभिजन वन कार्यालय तथा पुनर्वास नगरपालिका कञ्चनपुरको आयोजनमा तीन दिने बैज्ञानिक वन ब्यवस्थापन सम्बन्धि तालिम आज देखि कञ्चनपुरको  पुनर्वास नगरपालिका वडा न. १० पचकडियामा सञ्चालन भएको छ।

पुनर्वास नगरपालिका भित्रका सामुदायिक वनका प्रतिनिधिहरूलाई वन र वन्यजन्तुको बैज्ञानिक तरिकाले कसरी सँरक्षण गर्ने भन्ने बारे प्रशिक्षण गराईने सब डिभिजन वन कार्यालय पचकडिया कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

आगामी पाँच बर्ष पछि पुनर्वास नगरपालिकालाई हराभरा बनाउने आफ्नो लक्ष्य रहेको नगर प्रमुख जीवनराज थापाले बताउनुभयो ।

उहाँले निजि वन दर्ता गरि बिरुवा रोप्न चाहनेलाई नगरपालिकाबाट निशुल्क बिरुवा तथा तारवारका लागि समेत अनुदान दिने समेत बताउनुभयो ।

तालिममा पुनर्वास नगरपालिकाका विभिन्न सामुदायिक वनका ३५ जना प्रतिनिधि सहभागी रहेका थिए । तालिम मँसिर ६ गते सम्म तीन दिन सञ्चालन हुने जनाएको छ