बन्द, हट्ताल,घुसखोर दलाल सारा भेटिन्छन

बन्द, हट्ताल,घुसखोर दलाल सारा भेटिन्छन

बन्द, हट्ताल,घुसखोर दलाल सारा भेटिन्छन।
मेरो सहरमा त दिनैपिच्छे चर्का नारा भेटिन्छन।।

नातागोता,सम्बन्ध र माया सबै पैसामा अडेछ।
कसरी दुनियामा दुखीहरु को सहारा भेटिन्छन।।

तिमि हेर्दै जाउ संसार अझै बुझ्नेछौ यो दुनिया।
त्यागी,सहयोगी अनि कोहि भाइमारा भेटिछन।। 

केहि कुरा सुनाउनु थियो आकासको जुनलाइ। 
अधेरी रातमा गएर हेर्दा तमाम तारा भेटिन्छन।।

अरे कान्छो भएर जन्मे प्यारको संसार पाइन्छ।
ठुलो मान्छेको काधमा त अभिभारा भेटिन्छन।। 

नाम : सत्य उपाध्याय बिजया 
ठेगाना : ज न पा ४ गडखेत बझाङ हाल धनगढी हसनपुर।