दोस्रो सुप आईडल बने कैलालीका चेतराज फुलारा

दोस्रो सुप आईडल बने कैलालीका चेतराज फुलारा

धनगढी : कैलालीका चेतराज फुलारा दोस्रो सुदूरपश्चिम आईडल बनेका छन । तिलक फिल्म प्रा.लि.ले सञ्चालन गरेको सु.प आईडलमा एक सय २० जनालाई पछि पार्दै फुलाराले दोस्रो सु.प आईडलको उपाधि जितेका हुन । 

दोस्रो सु.प आईडलको उपाधि जितेका फुलाराले नगद एक लाख पाउनुका साथै ट्रफी, प्रमाण पत्र र निःशुल्क गीत रेकर्डिङको अवसर पाएका छन । 

दोस्रो सु.प आईडलमा आषिश महर दोस्रो भए । उत्कृष्ट ५ मा पुगेका हिमाल सुनार, सञ्जय डगौरा र  सञ्जिता नेपालीले पनि  निः शुल्क गीत रेकडिङको अवसर पाउने तिलक फिल्म प्रा.लिका सञ्चालनक दिपक जोशीले बताए । 

गत वर्ष प्रथम सुप आईडल बझाङका सुनिल नेपाली भएका थिए ।